Friday, August 6, 2010

धर्म को नाममा हिंसा निम्त्याउँदै छन

धर्म को नाममा हिंसा निम्त्याउँदै छन :-
राजनीतिक दल भित्र मात्र नभएर राज्यका बिभिन्न अंगमा सबै हिन्दूहरुको अधिपत्य भएकै कारण हिन्दू धर्मको अभियानमा भूतपूर्व राज्य प्रमुख देखि बर्तमान राजनितिक दलका नेतृत्व बर्ग र सुरक्षा संयन्त्रका अतिबादी हिन्दुहरु हिन्दू राष्ट्रको पक्षमा देश बिदेश तिर वकालत गर्दै धर्म को नाममा हिंसा र अराजकता निम्त्याउँदै छन !यसरी हिन्दूहरुको महत्वाकाङ्क्षाले सयौं थुंगा फुलका हामी एउतै माला नेपाली भनेर प्रमाणित गर्ने प्रमाणको दस्तावेज मेटिने प्रवल संभावना देखा परी सकेको छ ! यदि अतुबादी हिन्दूहरुले आफ्नो सिमित स्वार्थ र महत्वाकांक्षले उग्ररुप लिँदै गयो भने बहु भाषा बहु धर्म बहु संस्कृति रहेको देश नेपालमा अन्य भाषा,धर्म,संस्कृतिका नेपाली नागरिकहरु मौन र मूक दर्शक भएर बस्न सक्ने अवस्था भने पक्कै पनि छैन।यहाँ अनौठो लाग्ने कुरो के छ भने , भाषा र धर्मको नाममा हिंसाको क्रियाकलापलाई अंगालेर देशमा धार्मिक युद्द निम्त्याउने अतिबादी हिन्दुहरूले अन्य भाषा,धर्म,संस्कृतिका नागरिकहरुलाई जातिया नारा लगायो भनेर निर्लज्ज संग कसरी भन्न सकेको ?
अतिबादी हिन्दुहरु र राजनितिक दलहरु बिदेशीको इशारामा नाचेर देश र नागरिकलाई बर्वादीको खडाल तिर धकेलिँदै छ! यिनीहरुको नीच र नैतिकहीन प्रब्रितीले राज्यमा सान्ती हैन, हत्या,हिंसा र अराजकताको स्थिति दिन प्रति दिन झांगिन्दै गएको छ। प्रजातंत्र र लोकतंत्रको खोक्रो नाराका साथ हिन्दू राष्ट्रको वकालत गर्ने राजनीतिक दलहरुले अबका दिनमा हिजोका जहाँनिया राणा शासन र निरंकुश राजतंत्रको जस्तो एकतर्फी जातीयबाद र हिन्दुबादी हैकम शासन चलाउन सम्भव छ छैन भन्ने बारे सोंच्नु पर्छ । प्रजातंत्र र लोकतंत्र भनेको कुनै एक बर्ग समुदायको स्वतंत्रताको लागी मात्र होइन!प्रजातंत्र र लोकतंत्र भनेको सींगो देशको नागरिकहरुले सामान हक़, सामान न्याय,सामान अधिकार,सामान अवसर पाउनु हो! तसर्थ,मानव अधिकार र देशका नागरिकको अधिकार पूर्ण रुपमा सुनिश्चित गराई सान्ती अमन चयन कयाम गर्न त्यस्तो संकुचित मानासिक्त्ता र बदनियती भएका राजनितिक दलका नेताहरु बाट देश र नागरिकको बिकास संभव छ छैन त्यसको मूल्यांकन देशका नागरिकहरुले गर्नु अति आवश्यक छ !यस्ता बिकृति र बिसंगतिलाइ हटाउन वा रोक्न सक्ने सच्चा लोकतंत्रबादी,प्रजातंत्रबादी र मानव अधिकारको पालना गर्न सक्ने सुझ्बुझ् भएका युवा सक्तिहरू एक जुट हुनु अवास्यक छ ! नेपालमा दुई सय चालीस बर्षको अवधी सम्म यस्ता सहास र सुझबुझ भएका नेताको जन्म नै हुनै सकेन र सकेको पनि छैन!यथार्थलाइ राम्रारी नियालेर हेर्ने हो भने अहिले देशमा राजनितिक दलहरूले राष्ट्र र राष्ट्रीयता प्रति आत्म विश्वास गुमाउँदै गएको छ!यसरी आत्मा बिश्वास गुमाउँदै जानु भनेको राष्ट्र र राष्ट्रीयता अरुको ,हातमा सुम्प्याउनु र नागरिकलाइ शरणार्थी बनाउनु हो भन्ने बुझनू पर्दछ । दुई सय चालीस बर्ष देखिको एकल जातीय र धार्मिक शोसनमा परेका आम नेपालीहरुले देशमा नागरिकहरुको हक़ हित अधिकार शुरक्षित गर्नको लागी अग्रगामी परिवर्तनहरू ल्याउन चाहेका छन!तर राज्यले निष्पक्ष,निस्वार्थ रही स्वतन्त्र रुपमा निर्णय लिन वा गर्न कन्जुस्याई गरी राखेको छ । यस परिस्थितिमा राजनितिक दलहरु भित्रको खिचातानीले व्यक्तिगत वा पार्टीगत हार जित तथा मान-अपमान भन्दा पनि यहाँ राष्ट्र राष्ट्रीयता र नागरिको अपमान भएको छ। यहाँ दल र ब्याक्तिको हार भन्दा पनि राज्य र नागरिकको हार भएको छ!तसर्थ सच्चा इमानदार देश भक्त नेपाली सबै मिलेर विद्यमान राज्य विहीनता अन्त्य गर्ने प्रयत्न गरेनन् भने यी राजनितिक दलका भ्रष्ट नेताहरुले राष्ट्र राष्ट्रीयता नै समाप्त पारिने संभावना देखा परी सकेका छन् ! देशमा जनताको जनाआकांक्षा,जनाभावना र जनाचाहना अनुरुप राजनीतिक दलहरुले सही दिशा लिन नसक्दा मुलुक अहिले अत्यन्त अप्ठ्यारो स्थितिमा गुज्री राखेको हाम्रो सामू स्पष्ट छ !राजनितिक दलहरु समस्यालाई सुल्झाउन होइन झन् समस्या माथी समस्य थोपारेर देश र नागरिकलाई नर्कमा डुबाउने तर्फ कम्मर कसेर लागी परेको छ ।
अहिले मुलुकको अवस्था लंगड़ोले अन्धोलाई डोर्याउँदै हिंडेको जस्तो भएको छ । राजनीतिक दलहरुका नेताहरु र तिनका कार्यकर्ताहरूमा इमान्दारिता नहुनु,देखिनु ! राष्ट्रको बिकास र नागरिकको नैसर्गिक अधिकार सुनिचित गर्न गराउन भन्दा पनि आफ्नो स्वार्थलाई बढ़ी महत्व दिनु ले नै प्रजातंत्र र लोकतंत्र भलखाँड़ोमा जाकिने अवस्थामा छ! राजीनीतिक दलका नेताहरु र तिनीहरुका कार्यकर्ताहरुको चरित्रमा सुधार आउन नसके देशले सही गति लिन सकने अवस्थामा छैन!सबै राजनितिक दलहरुको क्रियाकलाप हेर्दा नैतिकहीन लुन्दुप दोर्जे मुखी चरित्र देखिएको छ!त्यसैले सच्चा ईमानदार देशभक्त नेपालीहरुले बेलैमा बुद्दी पुर्याउन सकिएन भने उनीहरु त डुब्छन्-डुब्छन् देश र जनतालाई पनि डुबाएर छोड्छन् ।किन भने राजनीतिक दलहरुले जनताको आशा र बिस्वाश माथि बिष बमन गर्न कुनै कसर बाँकी राखेनन्। नागरिकहरुलाई यिनिहरूले न शान्तिको महशुस दिलाउन सक्यो, न संविधान निर्माण नै गर्न सक्यो। यतिखेर नेपाली जनतालाई राजनितिक दलहरुले रंगशालामा फुटबल खेलाड़ीहरुले फुटबल खेलाए झैं खेलाई राखेका छन्।कसैलाई पत्तो नदिई कुन दिन गोल हान्ने हुन केही थाहा छैन!केही थाहा भएकाहरु तिनै भ्रष्टहरुका नातेदार र आसेपासेहरु छन, तिनिहरू जुंगामा ताऊ लगाएर जनताको बिरोधमा उभिएका छन! तसर्थ अब जनताहरु जागरुक भई ति भ्रष्ट नैतिकहिन् दलहरुका साथै भ्रष्ट कर्मचारीहरुको जरै देखि निर्मूल गर्न सकिएन भने देशमा परिवर्तन होइन देशै रहला की नरहला भन्ने प्रश्न वाचक चिन्ह हामी सामू खडा भएको छ!
दुर्भाग्यको कुरा ! अतिबादी हिन्दू र जातीय हैकमबाद्को पूर्ण चरित्र भएको नेतृत्वको बाहुल्यकै कारण मुलुकको परिस्थिति कति पनि सुधार हुन सकि रहेको छैन ज्यूँ को त्यूँ छ ।राजनितिक दलको नेतृत्व पक्ष देखि देशको प्रशासनिक क्षेत्रमा निम्न तह देखि बिशिष्ट श्रेणी सम्म एकल जातीय हैकमबादले गाँजीएर बेरिएको हुंदा अन्य वर्ग समुदायका नेपाली नागरिकहरुले आफ्नो दूरदृष्टि कार्यक्षमता र इमानदारीता देखाउने अवसर नै पाएका छैनन !समय परिवर्तन क्रम अनुशार राजनीतिक परिवर्तन भए पनि देशका आधा भन्दा बढ़ी नागरिकले परिवर्तन भएको महशुस गरेका छैनन!विडम्बनाको कुरा के हो भने राजनितिक दलहरुले खोक्रो प्रजातंत्र र लोकतंत्र अप्नाएको हुंदा दलहरुले जनभावना र जनाकांक्षालाइ सम्मान गर्न जानेनन । बरु पुरानै दिशा तिर फर्काउने सुर कस्दै छन्।मुलुकलाई अराजकता र असफल राज्य बनाउने तर्फ उन्मुख गराउन अतिबादी हिन्दूहरु नै लागी परेका छन!मूल:त राज्यले बिभिन्न भाषा,धर्म,संस्कृतिमा आधारित नेपाली नागरिकहरुको हक़ हित र अधिकारलाई संबिधानमा स्पष्ट उल्लेख गर्न नचाहेकै कारण ले र दलहरु भित्र बिभिन्न भाषा,धर्म,संस्कृतिमा आधारित नेपाली नागरिकहरुको हक़,हित र अधिकार कै बिषयमा सहमति हुन नसकेकै कारणले संबिधान बन्न नसकेर यतिखेर मुलुकमा अराजकता र अस्थिरता मौलाउँदै जानुका साथै मुलुक संकटमा फस्ने सम्भावना प्रष्ट देखिएको छ!
Source from www.fipna.net by Karma Gyalchen sherpa
Custom Search

No comments: